Logo

अमेरिकारको युनिर्भसिटी अफ सेन्ट्रल मिजौरी र त्रिभुवन विश्वविद्यालयबिच भयो यस्तो सम्झौता



असोज १, काठमाण्डौ । अमेरिकारको युनिर्भसिटी अफ सेन्ट्रल मिजौरी र त्रिभुवन विश्वविद्यालयका विच विद्यार्थी आदान प्रदान गर्ने सहमती कार्यन्वयन गर्नेगरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

मिजौरी विश्वविद्यालयका प्रेसिडेण्ट डा.चाल्र्स एम्ब्रोस र त्रिविका उपकुलपति प्रा.डा.तीर्थ खनियाविच उक्त शुक्रबार सम्झौता भएको हो । अमेरिकामा क्रेडिट आवरको सुबिधा दिने सहमती सहित विश्वविद्यालयले त्रिविसँंग सम्झौता गरेको हो । त्रिविमा पहिलो समेष्टर अध्ययन गरेपछि त्यसपछिको कोर्स अमेरिकामा अध्ययन गर्न चाहने विद्यार्थीलाई मिजौरी विश्वविद्यालयले भर्ना लिने भएको छ । स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत यहाँंका विद्यार्थीले अमेरिकामा र अमेरिका विद्यार्थीले यहाँ अध्ययनको अवसर पाउनेछन् । विद्यार्थीका लागि अतिरिक्त शुल्क लाग्ने छैन ।

विश्वविद्यालयका नियमानुसार शुल्क कायम हुनेछ । अमेरिका पुग्ने विद्यार्थीलाई विश्वविद्यालयले क्रेडिट आवरको सुविधा पनि प्राप्त गर्नेछ । त्रिवि उपकुलपति खनियासँगको भेटमा सेन्ट्रल मिजौरीका प्रेसिडेन्ट चाल्र्सले विद्यार्थीका लागि म्युचुअल कार्यक्रम सञ्चालन गर्न कुनै आपत्ती नरहेको बताए ।
यो सम्झौता अनुसार स्नातकोत्तर अध्ययन गर्दै गरेका विद्यार्थीले ३४ क्रेडिट आवरमा ९ क्रेडिट आवरको पढाई अमेरिकाको विश्वविद्यालयमा सार्न सक्छन् । यो व्यवहारिक रुपमा नेपाली विद्यार्थीको लागि अर्को अवसर हो । विद्यार्थी ट्रान्सफर गर्न सकिने विषयहरुमा कम्प्युटर साईन्स, कम्प्युटर ईन्फरमेशन सिष्टम, व्यवस्थापन साथै अन्य विषयहरु पनि रहेका छन् । सन् १८७१ मा स्थापना अमेरिकामा स्थापना भएको उक्त विश्वविद्यालय पुराना मध्येमा पर्छ ।
उक्त विश्वविद्यालयमा अमेरिकाका सबै राज्य र विश्वका ५९ देशका विद्यार्थीले अध्ययन गर्छन् ।

विभिन्न विधामा १५० विषयको अध्यापन गराईने उक्त विश्वविद्यालयले ३७ वटा स्नातक उपाधिको कक्षा सञ्चालन गर्दै आएको छ ।
क्रेडिट आवरको आधारमा दुई वर्ष नेपालमा अध्ययन गरेका अण्डर ग्राजुयएट विद्यार्थीका लाई थप दुई वर्ष र तीन वर्ष अध्ययन गरेका विद्यार्थीका लागि थप एक वर्ष अध्ययन गरी अमेरिकी डिग्रीको उपाधी दिलाउने गरी सम्झौता भएको छ । उक्त सम्झौतालाई कार्यान्वयन गर्नका लागि त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका उच्च अधिकारीहरुसँग टोलीले छलफल गर्नेछ । सम्झौता अनुसार कम्प्युुटर साईन्स र व्यवस्थापन लगायत अरु विषयमा अध्ययनरत त्रिविका विद्यार्थीले अमेरिकामा रहेको उक्त विश्वविद्यालयमा अध्ययनका लागि आउन पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्