Logo

सिरहाको कर्जन्हामा शान्तिपूर्णरुपमा मतदान शुरु, सांसद महतोले गरे मतदान



सिरहा, २ असोज ।  तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ को सिरहा जिल्लामा आज बिहान ७ बजेदेखि शान्तिपूर्णरुपमा मतदानको कार्य शुरु भएको छ ।

अत्यन्तै हर्षोल्लासका साथ बिहान ५ बजेदेखिनै लामबद्ध भई मतदाता मतदान कार्यमा धैर्यतापूर्वक लागेका छन् ।  सिरहा क्षेत्र नम्बर ५ का सांसद एवम् संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य डा. विरेन्द्र प्रसाद महतोले बिहान ८ः३० बजे मतदानगरेका थिए ।

उनले सिरहाको कर्जन्हास्थित् वडा नं ९ को सशस्त्रको अस्थायी क्याम्पमा रहेको मतदान केन्द्रमा पुगी मतदान गर्नुभएको हो । सो केन्द्रमा सर्वप्रथम उनले  मतदान गरेका थिए ।

बीस वर्षको प्रतीक्षापछि हुन लागेको स्थानीय तहको निर्वाचनमा आआफना उम्मेदवारलाई विजयी गराउन मतदान गर्न लागेको कर्जन्हाका एक समाजसेवी राजु महताले जानकारी दिए ।

यता कुनै पनि घटना हुन नदिन र शान्तिसुरक्षा कायम गर्न सुरक्षा निकाय मतदानस्थल र मतदान क्षेत्रमा अनुगमनका लागि खटिएको हाम्रा सहकर्मी कुमार विष्टले जानकारी दिए ।

तस्विर : कुमार विष्ट



प्रतिक्रिया दिनुहोस्