Logo

राष्ट्रसंघद्वारा गाजा क्षेत्रलाई थप सहयोग



रामल्लाह, २ असोज ।  संयुक्त राष्ट्रसंघका प्यालेष्टाइनस्थित मानवीय सहयोग संयोजकले प्यालेष्टिनी भूभाग गाजा क्षेत्रका लागि थप सहयोग गर्ने बताएको छ ।

उक्त क्षेत्रमा आधारभूत सामग्रीहरुको अभाव हुन नदिन थप सहयोग गर्ने विषयमा संयुक्त राष्ट्रसंघले बताएको छ ।

संयुक्त राष्ट्रसंघका प्यालेष्टाइनस्थितामा मानवीय सहयोग संयोजक रोवर्ट पाइपरका अनुसार गाजा क्षेत्रमा अति आवश्यकीय मानवीय सहयोगको अभाव हुन नदिन २५ लाख अमेरिकी डलर बराबरको थप सहयोग प्राप्त हुनेभएको हो ।

पाइपरले सहयोगले उक्त क्षेत्रमा स्वास्थ्य, खानेपानी, तथा सरसफाइ आयोजनाको सञ्चालन गर्न, इन्धन तथा औषधिजन्य सामग्रीको व्यवस्था गर्न पछिल्लो सहयोग दिइएको जानकारी गराउनुभयो ।

गाजामा विगत लामो समयदेखि ऊर्जा संकट जारी छ । अहिले गाजा क्षेत्रमा मात्रै २५ प्रतिशत विद्युत् आपूर्ति हुने गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त क्षेत्रमा सहयोगका लागि भने कम्तीमा पनि दुई करोड ५० लाख अमेरिकी डलर माग गरिएको थियो । (रासस/सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्