Logo

काँग्रेस उपसभापतिमा भारती



दाङ, ३ असोज । नेपाली काँग्रेस दाङले जिल्ला कार्यसमिति विस्तार गरेको छ ।

जिल्ला कार्यसमितिको बैठकले उपसभापतिसहित तीन जना पार्टीको विधानानुसार मनोनयन गर्नुपर्ने पदाधिकारी मनोनयन गरेको काँग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले जानकारी दिनुभयो ।

सोअनुसार दाङ काँग्रेसका उपसभापतिमा कमानसिंह भारतीलाई मनोनयन गरिएको छ । यसैगरी सचिवमा टेकबहादुर वली र सहसचिवमा खिमाकुमारी अधिकारी चयन भएको सचिव डाँगीले जानकारी दिनुभयो ।

बैठकले अब हुने संघ र प्रदेशको निर्वाचनका लागि सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । गाउँपालिका तहमा जिल्ला पदाधिकारी तथा प्रतिनिधिलाई खटाइने निर्णय भएको सचिव डाँगीले जानकारी दिनुभयो । (रासस)

 

 



प्रतिक्रिया दिनुहोस्