Logo

‘१३ प्रतिशत जनता अझै शुद्ध खानेपानीबाट वञ्चित’ : मन्त्री यादव



काँकडभिट्टा, ३ असोज (रासस) ः खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले स्वच्छ खानेपानीलाई वर्तमान संविधानमा मौलिक हकका रुपमा राखिएको हुँदा सबै नेपालीमा स्वच्छ खानेपानीको पहुँच पु¥याउन वर्तमान सरकारले गम्भीर भएर काम गरिरहेको बताउनुभयो ।

आज झापाको चारआली साना शहरी तथा सरसफाइ उपभोक्ता संस्थाले रु २० करोड २१ लाखको लागतमा निर्माण गरेको खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा त्यस्तो बताउनुभएको हो ।

मन्त्री यादवले ८७ प्रतिशत जनतामा शुद्ध खानेपानीको पहुँच पुगे पनि अझै १३ प्रतिशत जनता शुद्ध खानेपानी पिउनबाट वञ्चित रहेको बताउनुभयो । यस आयोजनाबाट मेचीनगर नगरपालिकाअन्तर्गत साबिक धाइजन र दुहागढी क्षेत्रका दुई हजार ४०० घरधुरी प्रत्यक्ष लाभान्वित हुने संस्थाका अध्यक्ष लालबहादुर थेवेले बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा, एशियाली विकास बैंककी प्रतिनिधि नीता पोख्रेल, शिक्षासेवी प्रेमप्रसाद भट्टराई, सांसद उषा गुरुङ, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्