स्वास्थ्य चौकीसम्म आइपुगेका घाउहरुमा केही हदसम्म मल्हमको काम गर्नेछः माया केसी

0
Shares

काठमाडौं, ११ कार्तिक। हाम्रो नेपाली समाजले प्रतिपादन गरेका कतिपय कुराहरु मिथ्थामा परिणत भएका छन् । जस्तो ‘धन हुनेको मन छैन्, मन हुनेको धन छैन’ यहाँ तमाम मानिसहरु धन भएका छन् । उक्तिकै मानिस मन भएका छन् । मन दुवै वर्गसँग अदृश्य रुपमा जोडिएको पक्ष हो ।

भलै कसैको मन गरिब हुन्छ । कसैको मन उदार र दिलदार हुन्छ । जन्मिदा रित्तै जन्मिने र मर्दा रित्तै जाने प्रक्रियालाई जसले नजिकबाट बुझेको हुन्छ त्यस्तो मानिससँग भएको धन समाजका असहजताको मल्हम बन्छ । जहाँ ‘धन हुनेको मन छैन्, मन हुनेको धन छैन’ यो बाक्य फिक्का बन्छ ।

एनआरएन दोहा कतारकी यूवा संयोजक एवम् समाजसेवी तथा साहित्यकार माया केसी चर्चा गरिएको विषयको एउटा पात्र हुन । केही दिन अघि मात्रै उनले आफ्नै जन्मिभूमि स्याङ्झाको एक स्वास्थ्य संस्थाको लागि स्थानिय जनताको भलाईको लागि भनेर कतारमा कमाएको पशिनाको केही अंश प्रदान गरिन ।

अरुको दुख आफ्नै ठान्ने मानिस पनि हुन्छन। अरुको दुखलाई देखेर छिछि र दुरदुर गर्नेहरुको पनि कमी छैन् । अरुको पीडा अभाव र दुखलाई आफ्नै निजि दुख ठान्ने मनकारी माया केसीले सन्तान बिरामी परेको कारण हतार हतारमा कतार पुगेर सार्वजनिक सञ्जाल फेशबुकमा लेखेकी छन् ।,‘आसा छ, हामीले उपलब्ध गराएका औजारहरुले स्वास्थ्य चौकीसम्म आइपुगेका घाउहरुमा केही हदसम्म मल्हमको काम गर्नेछ ।

सधैंकोजस्तो सहयोग त रकम हस्तान्तरणमा मात्र सिमीत थियो। यसपटक प्रत्यक्ष अस्पतालमा आवस्यक सामग्री नै हस्तान्तरण गर्ने मौका मिल्यो।
चाडपर्व र आफ्नो ब्यक्तिगत कामलाई थाति राखेर अनेक बाधा अवरोधका वावजुद सामान जुटाउनु भयो यसका लागि मित्र हेम जीलाई अन्तरआत्मा देखि धन्यवाद दिन चाहन्छु ।

साथसाथै स्याङ्ग्जा सहयोग समाज क्याक्मी इकाई कतार, पिताम्बर माध्यमिक विधालय परिवार, हरिनास गाऊँपालीकाका मेयर ज्यू, उपमेयर ज्यू, वडाध्यक्ष ज्यूहरु र उपस्थित सम्पूर्ण बुबाआमा, दाजुभाई एवं दिदीबहिनीहरुमा विशेष धन्यवाद दिन चाहन्छु ।’

केही दिन अघि आफु पढको पिताम्बर माध्यामिक विद्यालयका शिक्षकलाई सम्मान गरिन र  उक्त विद्यालयमा अध्ययन गर्ने प्रगतीशिल, क्षमतावान विद्यार्थीहरुलाई पुरस्कृत गरिन ।