Logo

विद्यालयको लागि जापानमा २२ लाख आर्थिक संकलन



कौरव खत्री : गुल्मी १२ कात्तिक । बाग्लुङ्गको एक विद्यालयको लागि जापानमा रहेका नेपालीहरुले २२ लाख भन्दा बढिको आर्थिक सहयोग संकलन गरेका छन ।

गल्कोट नगरपालिका वडा नंं.८ काँडेवासमा रहेको जनजागृति माध्यमिक विद्यालयको लागि जापानको विभिन्न शहरमा रहेका यस क्षेत्रका व्यक्तिहरुले २२ लाख, ५८ हजार,४ सय ४४ रुपैया रकम संकलन गरेको विद्यालयका शिक्षक सोमलाल सापकोटाले जानकारी दिए ।

विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरु हाल जापानका विभिन्न ठाँउहरुमा रोजगारीको शिलशिलामा कार्यारत छन् । यस क्षेत्रका झण्डै १ दर्जन भन्दा बढि नेपालीहरुबाट बोल र नगद सहयोग रकम प्राप्त भएको शिक्षक सापकोटाले बताए ।

२०१४ सालमा स्थापना भएको विद्यालयले आफ्नो ६० बर्ष प्रवेश गरेको अवसरमा आँउदो माघ महिनाको १० देखि १४ सम्म विद्यालयले हिरक महोत्सव मनाउन गइरहेको छ ।

हिरक महोत्सवलाई लक्षित गदै विद्यालयले हाल जापानका विभिन्न स्थानहरुमा आर्थिक संकलन अभियानलाई समेत अगाडी बढाइरहेको विद्यालयका शिक्षक सोमलाल सापकोटाले जानकारी दिए ।

 



प्रतिक्रिया दिनुहोस्