Logo

तीन सय श्ययाको क्यान्सर अस्पताल निर्माण शुरु



सुरुङ्गा, झापा, २७ मंसिर : झापामा तीन सय श्ययाको अत्याधुनिक उपकरणसहितको क्यान्सर अस्पताल बन्ने भएको छ ।

रु दुई अर्ब ५० करोडको लागतमा विर्तामोडस्थित बिएण्डसी अस्पतालको हाताभित्र छुट्टै क्यान्सर अस्पताल बन्न लागेको हो । पूर्वाञ्चल क्यान्सर अस्पतालको नामबाट सञ्चालनमा आउन लागेको सो अस्पतालको आज आयोजित एक समारोहबीच विएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले गर्नुभयो । अस्पतालको भवन निर्माण छ महिनाभित्र सम्पन्न गर्ने कार्यकारी निर्देशक प्रसार्इंले बताउनुभयो ।

नेपालमा क्यान्सरका रोगी दिन प्रतिदिन बढ्दै गएको र बिरामीलाई सहजरुपमा सेवा दिन झापामा क्यान्सर अस्पताल बनाउन शुरु गरिएको डा वीरेन्द्रकुमार यादवले बताउनुभयो । उहाँका अनुसार ७० देखि ८० प्रतिशत क्यान्सरका रोगीलाई ‘रेडिएसन’को आवश्यकता पर्दछ ।

यसअघि बिएण्डसी अस्पतालले क्यान्सरका रोगीलाई रेडिएसन बाहेकका सेवा प्रदान गर्दैआएको छ । पन्ध्र कठ्ठा जमिनमा निर्माण शुरु भएको अस्पतालले पूर्वाकासहित भारतका पनि सेवाग्राहीलाई सेवा प्रदान गर्ने बताइएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्