Logo

औलो, कालाजर रोगसम्बन्धी अन्तक्र्रिया



कलैया, २९ मंसिर (रासस) : मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटाँैडा र जिल्ला स्वास्थ्य कार्यालय बाराको आयोजनामा कीटजन्य औलो, कालाजर, डेँगु रोगसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ ।

कार्यक्रममा क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौँडाका डा अञ्जु कार्कीले कीटजन्य डेँगु रोगबारे सहजीकरण गर्र्दै यसको नियन्त्रण र यसबाट बाँच्ने उपायबारे जानकारी गराउनुभएको थियो । यस चालु आर्थिक वर्षमा बाराको निजगढमा १९ जना डेँगु रोगी फेला परेको डा कार्कीले जानकारी दिँदै जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीले रोग नियन्त्रणका लागि काम गरी मानवीय क्षति हुनबाट जोगाएको जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका चन्देश्वरप्रसाद यादवले औलो र कालाजार रोगबारे सहजीकरण गराउनुभएको थियो ।

सो अवसरमा यादवले यस रोगबाट बच्ने उपाय र रोग नियन्त्रणबारे सहजीकरण गराउनुभएको थियो । उहाँले बाराको महेशपुर, पिपरपाति र बबुर्आनमा गरी तीन जना औलो रोगी फेला परेको बताउनुभयो । मध्य तराईका जिल्ला पर्सादेखि झापासम्म कालाजार र औलो रोगको जोखिम देखापरेको छ ।
उक्त कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, नागरिक समाजका प्रतिनिधि, पत्रकारलगायत ४० जनाको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्