Logo

पारस खड्का नेतृत्वको बिराटनगर बारियर्सलाई नेपाल मेडिसिटीमा पोषण सम्बन्धि बिशेष प्रशिक्षण



काठमाडौं, १ पुस । आगामी सोमवारदेखि सुरु हुन लागेको एभरेष्ट प्रिमियर लिग अन्तर्गतको बिराटनगर बारियर्स टिमलाई ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालका बिशेषज्ञहरुले पोषण तथा खेलको समयमा हुने चोटपटक र त्यसकोको उपचारबारे बिशेष प्रशिक्षण दिइएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का नेतृत्वको बिराटनगर बारियर्समा पारस खड्का सँगै बसन्त रेग्मी, अभिनाश काम,करण केसी,आकास बिष्ट,रामनरेश गिरी,प्रणित थापा मगर,सुमित महर्जन,अनिल साह,असिफ सेख,पुष्प थापा लागायतका खेलाडीहरुले आज बिहान नेपाल मेडिसिटी अस्पतालको अवलोकन सँगै खेलाडीका लागि आवश्यक पोषण तथा चोटपटकको उपचारका बारेमा प्रशिक्षण लिएका थिए ।

अस्पतालको सभाकक्षमा आयोजित संक्षिप्त प्रशिक्षण कार्यक्रममा खेलाडीहरुलाई अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले स्वागत गर्नुभएको थियो । त्यसैगरी अस्पतालको अर्थोपेडिक तथा स्पोर्ट्स मेडिसिन बिभागका प्रमुख प्रा।डा। शिशिर लाखेले मेडिसिटी अस्पतालमा उपलब्ध स्पोर्ट्स मेडिसिन तथा रिह्याबिलिटेसन सेवाका बारेमा जानकारीमूलक सामग्री थियो ।

त्यसैगरी नेपाल मेडिसिटीको पोषण बिभागका तर्फबाट पोषणबिद प्राची जैनले खेलाडीहरुको खाना र पोषणका बारेमा जानकारी गराउनु भएको थियो । साथमा खेल पूर्व, खेल अबधिमा र खेल पछि खाइने खानाका बारेमा जान्नैपर्ने तथ्यहरु समेत प्रस्तुत गर्नुभएको थियो ।

नेपाल मेडिसिटी अस्पतालका जेनेरल म्यानेजर बिजय रिमालले देशलाई संसारभर चिनाउने खेल क्षेत्रको उन्नति र खेलाडीहरुको स्वास्थ्यमा नेपाल मेडिसिटीको बिशेष चासो रहेको र उनीहरुलाई बिश्वस्तरीय उपचार सेवा प्रदान गर्न अस्पताल कटिबद्ध रहेको जिकीर गर्नुभयो।

गैह्र आवासीय नेपाली संघ एनआरएनएका संस्थापक अध्यक्ष डा।उपेन्द्र महतोको लगानीमा संचालित यस अस्पतालले बिश्वस्तरीय उपचार उपकरण,अत्याधुनिक मोड्युलर अपरेशन थिएटर, पूर्णकालिन ख्यातिप्राप्त चिकित्सक तथा मेडिकल स्टाफहरु सहित अर्थोपेडिक तथा स्पोर्ट्स मेडिसिन सेवा समेत प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्