Logo

प्रदेश सांसदबाट पत्रकारको परिवारलाई सहयोग



काठमाडौँ, ५ पुस (रासस) : गुल्मीबाट निर्वाचित नेकपा (माओवादी केन्द्र) का प्रदेश सांसद सुदर्शन बरालले स्तन क्यान्सरको उपचार गराइरहनुभएकी पत्रकार जनार्दन घिमिरेकी श्रीमती शारदा घिमिरेलाई रु १२ हजार सहयोग गर्नुभएको छ ।

राससका जिल्ला समाचारदाता एवं नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष घिमिरेलाई तम्घासमा आर्थिक सहयोग गरेर बरालले आफ्नो सार्वजनिक कामको थालनी गर्नुभएको हो ।

नेपाल क्यान्सर अस्पताल हरिसिद्धी र भारतको राजीव गान्धी अस्पतालमा शल्यक्रिया गराएकी श्रीमती घिमिरे हाल काठमाडौँमा उपचाररत हुनुहुन्छ ।

“समाजमा धेरै धन हुनेहरु छन् उनीहरुको मनले सम्झेन, तर ऋण खोजेर चुनाव लडेका एक साँसदले सम्झनुभयो, खुशी लागेको छ”, पत्रकार घिमिरेले भन्नुभयो ।



प्रतिक्रिया दिनुहोस्