Logo

देउवालाई तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्न माधव नेपालको सुझाव



काठमाडौं, १२  पुस । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार निर्माणमा अवरोध गरिरहेको आरोप लगाएका छन् ।

नेता नेपालले प्रधानमन्त्री देउवालाई तत्काल पदबाट राजीनामा दिएर नयाँ सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न सुझाव दिए ।

काठमाडौंमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुको सम्मानमा आयोजित कार्यक्रममा उनले निर्वाचनमा हार ब्यहोर्दासमेत प्रधानमन्त्री देउवाले राजीनामा नदिएकोमा आपत्ति जनाए ।

सरकार गठनमा बाम गठबन्धनभित्र कुनै विवाद नरहेको दावी पनि उनले गरे । झण्डै दुई तिहाई बहुमत ल्याएको बाम गठबन्धनले नै नयाँ सरकार बनाउने उनको भनाई थियो ।सरकार गठन र माओवादी केन्द्रसँग पार्टी एकता सँगसँगै अघि बढ्ने जानकारी उनले दिए ।



प्रतिक्रिया दिनुहोस्