Logo

शेयरबजार निरन्तर ओरालोतर्फ, बुधबार मात्रै २१ अंकले घट्यो



१२ पुस, काठमाण्डौ । पछिल्लो समय निरन्तर ओरालो लागेको शेयर बजारमा बुधबार पनि भारी गिरावट आएको छ ।

नेप्से परिसुचक २१ दशमलब ५३ अंकले घट्दा कारोबार ९ मध्ये ८ समुहको परिसुचक पनि ओरालो लागेको हो । क वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि चार दशमलब सात दुई अंकले घटेको छ । पछिल्लो समयमा बैंक वित्तीय संस्थाको ब्याजदर बढेपछि सेयर बजार घट्न थालेको हो ।

बैंक वित्तीय संस्थामा लगानी योग्य पुँजीको सीमितताका कारण ब्याजदर बढेर निक्षेप लिने क्रम बढेको छ । सेयर बजारमा धितोपत्रको आपूर्ति धेरै भएको अवस्था बजारबाट पैसा झिकेर बैंक वित्तीय संस्थामा निक्षेप राख्न थालेपछि सेयर बजार घटेको हो ।

मंगलबार पनि नेप्से सूचक २० दशमलव ६४ अंकले ओरालो लागेको थियो ।।



प्रतिक्रिया दिनुहोस्