Logo

ओली-प्रचण्ड भेटवार्ता सम्पन्न, यस्तो भयो सहमति



काठमाडौं, १२ पुस– एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सम्पन्न भएको छ।

एमाले अध्यक्ष ओलीको बालकोट निवासमा भएको भेटवार्तामा नयाँ सरकार गठन, पार्टी एकता, राष्ट्रिय सभा निर्वाचन अध्यादेश लगायतका विषयमा छलफल भएको थियो । ओलीलाई भेट्न दाहाल दिउँसो साढे १ बजे ओली निवास बालकोट पुगेका थिए ।

दुई नेताहरुवीच करिव १ घण्टा वार्ता भएको थियो। पार्टी एकता, सरकार गठन र राष्ट्रियसभा गठन अध्यादेश सबै बिषयलाई उपयुक्त ढंगमा अघि बढाउँदै सहमतिकासाथ समाधान खोज्नेवारे छलफल भएको प्रचण्ड निकट उच्च स्रोतले जानकारी दियो ।

दुई नेताबीच पार्टी एकताका सम्बन्धमा पार्टी एकता संयोजन समितिको बैठक आवश्यक तयारीका साथ बिहिबार गर्नेवारे छलफल भएको छ । त्यस्तै, निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक उम्मेद्वारको नाम सुची अनुसार टुङयाउनेसम्बन्धमा गरेको आग्रह बमोजिम त्यसलाई अघि बढाउनेवारे पनि छलफल भएको छ ।



प्रतिक्रिया दिनुहोस्