Logo

अत्याधुनिक एमआरआइ मेसिन सञ्चालनमा



काठमाडौँ, १२ पुस (रासस) : नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले अत्याधुनिक प्रविधि भएको बिरामीमैत्री तीन टेस्ला एमआरआइ प्रविधि सम्पन्न १२८ स्लाइस सिटिस्क्यान मेसिन सञ्चालनमा ल्याएको छ ।

अस्पतालको निदानात्मक सेवा थप गर्दै अस्पतालमा आफूलाई पूर्णतया न्युक्लियर मेडिसिन सेन्टर भएको दाबी गरेको छ । नवजडित ती अत्याधुनिक उपकरणको आज पूर्वयुवराज्ञी हिमानी शाहले शुभारम्भ गर्नुभयो ।

नर्भिक अन्तरराष्ट्रिय अस्पतालले अत्याधुनिक प्रविधि भएको बिरामी मैत्री ३ टेस्ला एम.आर.आई. प्रविधिसम्पन्न १२८ स्लाइस सी.टी. स्क्यान मेसिन उदघाटन कार्यक्रममा मन्तव्य राख्दै वरिष्ठ कलाकार तथा नर्भिकका सदभावना दुत हरिवंश आचार्य । तस्वीर :कल्पना पौडेल, रासस

अस्पतालका निर्देशक नेहा चौधरी शाक्यले नेपालमा अन्तर्राष्ट्रियस्तरको उपचार सेवा प्रदान गर्दै अस्पताललाई न्युक्लियर मेडिसिन सेन्टरका रुपमा परिणत गर्ने उद्देश्य पूरा भएको बताउनुभयो ।

नेदरल्याण्डमा निर्माण भएको तीन टेस्ला एमआरआइमा त्यसको सुरुङभित्र बिरामीले श्रव्यदृश्य प्रणालीमार्फत आफूलाई मनपर्ने संगीत, भिडियो हेर्न सुन्नसक्ने सुविधा भएको बताइएको छ ।

यस एमआरआइ प्रणालीमा रहेको स्वःचालित आधुनिक (निर्देशक गर्ने बोली) भ्वाइसले बिरामीलाई श्वासप्रश्वास रोक्ने, एमआरआइ टेबुलको चालबारे स्क्यान गर्ने अवधिसमेत जानकारी गराउने भएकाले बिरामीलाई सजिलो भएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्