Logo

राजपा बैठकमा चुनावी समीक्षा, सरकार गठनबारे पछि छलफल



काठमाडौँ, १२ पुस (रासस): राष्ट्रिय जनता पार्टी नेपालको राजनीतिक समितिको बैठकमा गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारे समीक्षा गरिएको छ ।

पार्टी कार्यालय बबरमहलमा बसेको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक सांसदहरूको नामावली टुङ्गो लगाउने सम्बन्धमा समेत छलफल भएको पार्टीका महासचिव केशव झाले जानकारी दिनुभयो ।

“अहिले सरकार गठन भन्दापनि समानुपातिकको नामावली टुङ्गो लगाउनेतर्फ बैठक केन्द्रित भएको छ, त्यो टुङ्गो लागेपछि मात्रै सरकार गठनबारे छलफल हुनेछ”– उहाँले भन्नुभयो । आजदेखि शुरु भएको बैठक बिहीबार पुनः बस्नेछ ।



प्रतिक्रिया दिनुहोस्