Logo

चलचित्र उवर्शीकी नायिका थापाको निधन



काठमाडौं, १३ पुस । अभिनेत्री बिना थापाको सडक दुर्घटनामा निधन भएको छ । बुधवार दिउँसो बत्तीसपुतलीमा भएको दुर्घटनामा थापाको निधन भएको हो ।

राजधानीको बत्तीसपुतलीमा बा २ ख ८९४ नम्बरको पानी ट्याङकरले बिना सवार बा ५५ प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनापछि उनलाई वीर अस्पताल लगिएको थियो ।

उपचारको क्रममा उनको निधन भएको प्रहरीले बताएको छ । ठक्कर दिने ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिना गुल्मीको मुसिकोट गाउँपालिका–२ की स्थायी हुन् । उनी अभिनीत नयाँ फिल्म ‘पिंजडा ब्याक अगेन’ प्रदर्शनको तयारीमा छ ।

उनले ‘उवर्शी’ ‘डिभोर्स’ फिल्मसँगै दर्जन बढी म्यूजिक भिडियो र नाटकमा समेत अभिनय गरेकी छिन् । देश तथा विदेशमा हुने सांगीतिक कार्यक्रममा उनी बढी जसो व्यस्त रहँदै आएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्