Logo

प्रचण्डलाई अध्यक्ष बनाउने शर्तमा एमालेसँग एकता गर्न सकिने माओवादी नेताहरुको निष्कर्ष



१३ पुस, काठमाण्डौ । नेकपा माओवादी केन्द्रको आज बसेको बैठकले एमालेसँग पार्टी एकताका लागि दबाब दिने निर्णय गरेको छ । पार्टीका दोस्रो तहका नेताहरको अनौपचारिक बैठकले चुनाव अघि जनतामाझ गरिएको प्रतिवद्धताअनुसार पार्टी एकताका लागि माओवादी तयार हुनुपर्ने निर्णय गरेको हो ।

पार्टी एकताका लागि दुवै दल जिम्मेवार बन्नुपर्नेमा बैठकले जोड दिएको छ । बैठकमा एकतापछिको पार्टी अध्यक्ष प्रचण्डलाई बनाउनुपर्नेमा माओवादीका नेताहरु एकमत भएका छन् ।

नेता टोपबहादुर रायमाझीले दिएको जानकारी अनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाउन आफूहरु तयार भएको तर तत्काल पार्टी एकता गरेर प्रचण्डलाई अध्यक्ष बनाउनुपर्नेमा जोड दिइएको छ ।

पार्टी एकता र नयाँ सरकार गठनकै विषयमा एमालेमो स्थायी समिति बैठक पनि आजै बस्दै छ । एमाले नेता भिम रावलले दिएको जानकारी अनुसार बैठक बसेर पार्टी एकतालाई तिब्रता दिने तयारी भएको छ ।

यसअघि बुधबार माओावदी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच वान टु वान वार्ता भएको थियो ।



प्रतिक्रिया दिनुहोस्