Logo

डा. पुष्पा चौधरी स्वास्थ्य सचिव नियुक्त



काठमाडौं, १३ पुस । सरकारले स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरीलाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयकी प्रमुख विशेषज्ञ रहेकी चौधरीलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

डा. चौधरी स्वास्थ्य सचिव भएसँगै स्वास्थ्य मन्त्रालयमा विगत तीन सातादेखि रिक्त रहेको स्वास्थ्य सचिव पदपूर्ति भएको छ ।



प्रतिक्रिया दिनुहोस्