Logo

एमाले स्थायी कमिटी बैठक सुरू



काठमाडौं, १३ पुस । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरू भएको छ। दिउसो १ बजे बस्ने भनिएको बैठक केही ढिलो सुरू भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक सुरू भएको हो।

माओवादीसँग पार्टी एकीकरण, नयाँ सरकार गठन, अध्यादेश विवाद र समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल हुने अध्यक्ष ओलीको निजि सचिवालयले जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस्