Logo

इलाममा विशेषज्ञ डाक्टरको अभाव हुँदा सेवाग्राही मर्कामा



इलाम, १५  पुस । जिल्ला अस्पताल इलाममा विशेषज्ञ डाक्टरको अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन ।विशेषज्ञ डाक्टरको अभावमा अस्पतालमा सेवा लिन आएका बिरामी उपचारका लागि जिल्लाबाहिर जाने गरेका छन् ।

९ जना विशेषज्ञसहित १६ जना डाक्टरले सेवा पु¥याउनुपर्ने ५० शैयाको अस्पतालमा १ जना मात्र विशेषज्ञ डाक्टर कार्यरत छन् । यस्तै १५ जना नर्सको दरबन्दी रहे पनि अस्पतालमा ८ जना नर्स, २ जना डाक्टर र २ जना मेडिकल अफिसरले मात्र सेवा दिइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्