Logo

भागिरथ र मुनाको स्वरमा ‘पवित्र माया छ’ भिडियो सहित



काठमाडौं, २३ पुस । चर्चित गायक भागिरथ चलाउने र समुधुर आवाजकी धनी गायिका मुना थापाको स्वरमा ‘पवित्र माया छ’ बोलको कर्णप्रिय लोक दोहोरी गीत बजारमा आएको छ । भागिरथ चलाउनेको आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरिएको गीतलाई त्रिपुरा म्यूजिक प्रा.लिले बजार व्यबस्थापन गरेको छ ।

समिर पौडेलको उत्कृष्ट लय शब्दमा तयार भएको गीतमा विवेक दुवाडी र लिला गिरीको अभिनय रहेको छ । विक्रम चौहानको निर्देशन, प्रकाश खड्काको छायांकन तथा राजेश कुमारको सम्पादन रहेको छ । भिडियो –

https://www.youtube.com/watch?v=Urb7Cd2wtxk&t=25s

 



प्रतिक्रिया दिनुहोस्