Logo

धनसिँह थापाको ‘कर्णाली’ बोलको गीत बजारमा



काठमाडौं, २६ पुस । कर्णाली आफैमा सुन्दर विम्ब हो । आफैमा एतिहासिक औचित्य बोकेको बिराट सभ्यताको खानि हो । नेपाली भाषा साहित्यको मातृभूमि हो । यतिले मात्रै कर्णालीको वर्णन गर्दा कर्णाली माथि अन्याय हुन जान्छ ।

वर्तमान स्थितिमा कर्णालीले आफ्नो खास अर्थ गुमाउदै गईरहेको छ । जुका जस्तै विभिन्न देशि बिदेशी संघ सस्थाहरुले लगाएका जुत्ताले कल्चिएको छ भन्दा अन्था हुँदैन । कर्णालीका असली विम्बहरुले विस्थापित हुनुपरेको छ । आजको दिनमा सम्पन्नशाली शहरका मानिसले कर्णालीलाई शोक, भोक र रोगको माध्ययमले चिन्दछन् । यसको पछाडी धेरै कारणहरु छन ।

कर्णालीका सर्जकहरुले कर्णालीको उत्थान र विकासको लागि धेरै प्रयास गरेको पाईन्छ । यस मध्यका एउटा पात्र धनसिँह थापा हुन । पछिल्लो समयमा उनले र्सिजना गरेको कर्णाली बोलको लोक दोहोरी गीतले कर्णालीको यर्थाततालाई झल्काएको छ ।

कर्णालीका प्राकृतिक सौन्दर्यलाई गीतका भाकामा पस्किने काम भएको छ । कर्णाली लगायत हाल प्रदेश नम्बर ६ का विभिन्न भू–भागहरुलाई समावेश गरिएको गीतमा सुन्दर देश्य कैद गरिएका छन् । उक्त गीतमा प्रेम बस्नेत, पदम रोकाय र पूर्णकला विसीले स्वर रहेको छ । पदम रोकायले लय तयार पारेका छन भने गीतको बजार व्यबस्थापन मस्टो फिल्मले गरेको छ ।

सर्जक धनसिँह र प्रेम बस्नेताको प्रतुति रहेको छ । एलपी देवकोटाले निर्देशन गरेको गीतलाई प्रकाश उपाध्यायले छायांकन गरेका हुन । भिडियो सम्पादन सुमन खत्रीले गरेका छन् । अभिनयमा संगीता थापा र प्रेम बस्नेत रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्