Logo

केकीको ‘सि ओ डब्लु काउ’ रिलिज



काठमाडौं, ९ माघ । अभिनेत्री केकी अधिकारीको निर्माणमा बनेको ‘कोहलपुर एक्सप्रेस’को पहिलो गीत रिलिज भएको छ। फिल्मको ‘सि ओ डब्लु काउ’ बोलको गीत रिलिज गरिएको हो।

चर्चीत सर्जक तथा गायक राजनराज शिवाकोटीको शब्द संगीत रहेको गीतमा मेलिना राई र शिवाकोटीको युगल स्वर रहेको छ । गीतको कोरियोग्राफर गम्भिर विष्टले गरेका छन् । लोक शैलीमा निमार्ण गरिएको गीतमा अभिनेत्री रिमा विश्वकर्मा तथा अभिनेता विनोद विष्टको साथमा केकी अधिकारीलाई देख्न सकिन्छ।



प्रतिक्रिया दिनुहोस्