Logo

‘रुपै मोहनी’ गीत कुमार बस्नेतको ‘रौउसी खान जाउ दाजै’सँग मिल्दो जुल्दो



काठमाडौं, १० माघ । करीब ३ हप्ता अगाडि इन्टरनेट रिलिज भएको फिल्म ‘शत्रु गते’मा समावेश ‘रुपै मोहनी’ बोलको गीत कुमार बस्नेतको ‘रौउसी खान जाउ’सँग मिलेको आवाजहरु उठ्न थालेको छन ।यसका सन्दर्भमा गजलकार रामशरण श्रेष्ठले आफ्नो फेशबुकमा स्टाटस लेखेर जानकारी गराएका छन् ।

 

 

नेपाली गीत संगीतहरुले निरन्तर फण्डा निम्त्याईरहेका छन् भन्दा अन्यथा नहोला । केही समय अघि चलचित्र छक्का पन्जा २ मा समाहित हिट गीत हिलो लाग्लदा नाईलनको साडिमाले पनि निक्कै आलोचना खेप्नुपरेको थियो । रुपै मोहनीसँग मेल खाएको भनिएको रौउसी खान जाउ दाजै यस्तो छ

https://www.youtube.com/watch?v=pyePEAYM6iM&feature=youtu.be

चैत ९ गतेबाट रिलिज हुने शत्रु गतेलाई चलाउने आशा गरिएको रुपै मोहनी यूटुवमा निक्कै हिट भएको छ । बौद्धस्थित समता अस्पतालमा छायांकन गरिएको लोक फ्लेवरको ‘रुपै मोहनी’ बोलको गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने संगीत टंक बुढाथोकीले दिएका छन् । रौउसी खान जाउ दाजैसँग मिलेको भनिएको रुपै मोहनी यस्तो छ..

 

 



प्रतिक्रिया दिनुहोस्