Logo

बाढीपीडितलाई खानेपानी सुविधा



बर्दिया, ३० साउन । बढैयाताल गाउँपालिका– ९ टेसनपुरका बाढीपीडितलाई खानेपानीको सुविधा उपलब्ध गराइएको छ ।

व्याकवार्ड सोसाइटी एजुकेशन वेस बर्दियाले रु दुई लाखको लागतमा खानेपानी उपलब्ध गराएको हो । वेसले खानेपानी, सरसफाइ तथा स्वच्छताका लागि पानीको सुनिश्चितता कार्यक्रमअन्तर्गत टेसनपुरमा खानेपानी योजना सम्पन्न गरेको हो । वाटरएड नेपालको सहयोग तथा वेसको आयोजनामा बाढीपीडितका लागि खानेपानीको दुईवटा धारा निर्माण गरेको खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयका प्राविधिक धनजीत सिकर्मीले जानकारी गराएका छन। रासस



प्रतिक्रिया दिनुहोस्