Logo

घरघरै पुगेर उपचार दिन थाल्यो रत्ननगर नपाले



रत्ननगर, ४ भदौ । चितवनको रत्ननगर नगरपालिका वडा नं ५ झुवानीकी ९२ वर्षीया खड्गकुमारी ढुंगाना यतिखेर दङ्ग छिन। जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीको टोलीले आज घरमै उपचार दिन आएपछि उनी खुशी छन । अघिल्लो वर्ष स्थानीय तहको चुनावका बेला वृद्धवृद्धालाई सहयोग गर्लान् र देशलाई सम्हालान् भन्ठानेर उनले सकिनसकी गएर भोट हालीन। भोट हालेर फर्कने बित्तिकै उनलाई उच्च रक्तचापले ढाल्यो । निको बनाउन अस्पताल राखिए तर, व्यथा झन् बल्झियो ।

“लौ अब बाँचिंदैन झै लाग्या’थ्यो, अस्पतालले पनि अब सकिन्न, घरै लैजानू भनेर पठाए,” बुहारी भवानीले घटना सम्झँदै भनिन, “घरमै राखेर औषधिमुलो ग¥यौं । अहिले शरीर फि¥यो ।” खड्गकुमारीले अर्को जुनी पाएकामा खुशी भएको ढुंगानाको परिवार आज अकस्मात् घरमै सरकार स्थानीय तहका जनप्रतिनिधि आइपुग्दा रोमाञ्चित नै भए । औषधिसहितको चिकित्सक र स्वास्थ्यकर्मीको टोली उनको घर पुगेको थियो ।

“पोहर भोट हालेको हो, आज घरमै सांसद–मेयर आए, घरमै आएर सोधखोज गर्ला भन्ने त सुइँको थिएन,” वृद्धा खड्गकुमारीले दङ्ग पर्दै भनिन । भोट हालेकाले जितेको अनुभव समेत उनले सुनाईन । आफ्नै स्वास्थ्यको ख्याल गर्न आएको देखेर उनी गद्गद् देखिन्थिन ।

“तपाईंहरु आउनुभयो, गजब भो बाबु, अब ओल्लार–पल्लार हिंड्न पाए हुन्थ्यो,” प्रदेश नं ३ की सांसद कञ्चन खनाल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, उपप्रमुख विमला दवाडीसामु आशावादी देखिएकी खड्गकुमारीले बताईन ।

उनी यसो भनिरहँदा वडाध्यक्ष कृष्ण महतो उपचारको बन्दोबस्तमा रहेका थिए भने रत्ननगरका स्वास्थ्य सहायक शिवप्रसाद पौडेल र प्रयोगशाला सहायक सरोज देवकोटा चिनी र रक्तचाप जाँच्दै थिए।

अहिले खड्गकुमारीका खुट्टा लुला भएका छन् । हिँड्डुल गर्न गा¥हो हुन्छ । रक्तचापको औषधि नियमित खान्छन । ह्वीलचियरको प्रतीक्षामा रहेकी छन उनि। यताउता जाँदा परिवारले समाइदिनुपर्छ । उनलाई अस्पताल लान र लैजान बडो समस्या हुन्छ । अशक्त वृद्धवृद्धाले यसरी घरघरै उपचार पाउने हो भने सामान्य जनता धेरै खुशी हुनेछन् । यस्तो उदाहरणीय प्रयाश रत्ननगर नगरपालिकाले शुरु गरेको छ ।

रत्ननगर ५ झुवानीकै छिमेकी ९१ वर्षीय टंककुमारी रिजाल पनि बिरामी छन । चाउरिएका गाला उज्यालो पार्न उनलाई सकस हुन्छ । लठ्ठीको सहाराले हिँड्डुल गर्नु गाहो छ उनलाई । “के हुन्छ आमा रु” स्वास्थ्यकर्मी शिवप्रसाद पौडेलले सोधे । “पेट, छाती यसै भतभत हुन्छ,” साउतीको स्वरमा उनले जवाफ दिईन ।

नापजाँच गर्दा उनमा रक्तचाप र चिनीको मात्रा सामान्य देखियो । उनलाई पनि नियमित रक्तचापकै औषधि खुवाउने गरिएको बुहारी नीलकुमारी रिजाल बताउन्छन । बिरामीले थला परेकाले उनलाई बच्चालाई खुवाउने जस्तो लिटो बनाएर, अनि भात तरकारी मिची नरम पारेर खुवाउने गरिएको छ ।

सन्तानब्बे वर्षका वृद्ध विष्णुप्रसाद रिजाल अझै ठमठम्ती हिँड्छन । “बेलाबेलामा रिंगटा लाग्ने भाउन्न हुने हुन्छ, दिसापिसाब सबै राम्रो छ, त्यही पनि पिसाब चाहीँ पोल्छ,” रिजालले स्थास्थ्यकर्मीसामु आफ्नो समस्या बतार्इन ।

यसरी गाउँमै जनप्रतिनिधि आउँदा उनीपनि दङ्ग परिन । “खासा लाग्यो, यसरी सेवा गर्न आएपछि धेरै आशा भरोसा हुन्छ,” रिजालले आफ्नो संक्षिप्त प्रतिक्रियामा बताएका छन। कतिपय वृद्धवृद्धा जनप्रतिनिधिहरु एक्कासी घर आएको देखेर नै दंग परे । कतिपय भने जाँच गर्न आउने थाहा पाएपछि नजीकैको झुवानी विद्यालयमा जम्मा भएका थिए ।

“अलिकति सुगर छ भन्या छ, घर खोज्दै खोज्दै आउँछन् रे,” स्वास्थ्य परीक्षणपछि घर जाँदै गर्दा ८० वर्षकी गंगादेवी लम्सालले भनिन ।

उनीहरु प्रतिनिधि पात्र मात्रै हुन । चितवनको रत्ननगर नगरपालिकाले अहिले ८० वर्ष कटेका वृद्धवृद्धालाई घरघरै पुगेर स्वास्थ्य सेवा दिन थालेको छ । घरधुरी सर्वेक्षणमा रत्ननगरमा एकहजार ५० जना ८० वर्ष कटेका वृद्धवृद्धा छन् । उनीहरु हरेकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने नगरप्रमुख नारायण वनले जानकारी गराए ।

“प्रारम्भिक सेवा घरमै हुन्छ, जटिल भए एम्बुलेन्समार्फत विशेषज्ञ चिकित्सककहाँ पु¥याउँछौं,” वनले भने, “यो अभियान अब दैनिक चल्छ ।” नगरपालिका विस्तारै समृद्ध हुँदै गएपछि भने उमेर हद घटाएर ७० वर्षमाथिकालाई पनि सेवा पु¥याउने सोच रत्ननगर नगरपालिकाले बनाएको छ ।

अहिले पनि कतिपय परिवारमा आफ्ना बुबाआमालाई वृद्धाश्रम लगेर छाड्ने चलन छ । कतिपयले हेलाँ गरेर घरमै राखेका छन् । यसरी जनप्रतिनिधिहरु घरघरै आएर सेवा दिनु अन्य स्थानीय तहका लागि समेत नमूमा हुने निर्विवाद छ । नेपाल सरकारको घरघरमा सिंहदरबार पु¥याउने लक्ष्य जनप्रतिनिधिहरुले यसरी अग्रसरता देखाइदिए सफल हुन्छ भन्ने उदाहरण हो रत्ननगर नगरपालिकाको ।

“गाउँगाउँमा, घरघरमा सरकार भनेको यही हो, राज्यको उद्देश्य पूरा गर्ने अभियान यही हो,” प्रदेशसभा सदस्य कञ्चन खनालले बताए । वृद्धवृद्धाको अभिभावक बनेर नयाँ कार्यक्रमको थालनी गरेकामा उनले रत्ननगर नगरपालिकालाई धन्यवाद पनि दिएका छन ।

रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ढुंगाना वृद्धवृद्धा र नयाँ पुस्ताबीच अनुभव आदानप्रदानका लागि ‘उहिलेका कुरा’ कार्यक्रमसमेत रत्ननगरले सञ्चालन गर्न लागेको बताउन्छन। रत्ननगरलाई नमूना नगर बनाउने सोच राखिएको छ ।

रत्ननगरले यति मात्रै होइन यहाँ बाँझो जमीन राख्नेमाथि कारवाही पनि थालेको छ । सार्वजनिक जग्गाको खोजी गरी संरक्षण कार्य अगाडि बढाइएको छ । सुरक्षित मातृत्व नगर बनाउने अभियानसमेत थालिएको छ । छाडा चौपाया राख्ने गौशाला बनाउने योजना पनि छ ।

रत्ननगर नगरपालिकाका उपप्रमुख दवाडी भन्छन, “हरेक जनप्रतिनिधि अब बुबाआमाका छोराछोरी बन्न सक्नुपर्छ । सुखदुःख साट्ने हुनुपर्छ ।” रासस

 



प्रतिक्रिया दिनुहोस्