Logo

मेडिसिटी अस्पतालले स्वास्थ्य परीक्षण कार्यक्रमलाई सहयोग गर्ने



काठमाडौं, ८ भदौ । भगवान महावीरको मुख्य सिद्धान्त अहिंसात्मक विचारधारामा विश्वास राख्ने जैन धर्मका अनुयायीहरु धार्मिक, सामाजिक कार्यक्रमका अतिरिक्त नाफारहीत परोपकारी कार्यक्रमहरुको आयोजनामा पनि अग्रणी रहँदै आएको छ ।

तेरापंथ धर्मसंघका आचार्य श्री महाश्रमणज्यूकी सुशिष्या श्रमणी निर्देशिका परिमल प्रज्ञाज्यू काठमाडौस्थित् जैन भवन कमलपोखरीमा विगत १ महिनादेखि प्रवचनको माध्यमबाट अहिंसा, सदाचार, नैतिकता र नशामुक्तिको विषयमा जनतालाई प्रेरित गर्दै आउनुभएको छ ।

उहांको सानिध्यमा जैन श्री जैन श्वेताम्बर तेरापंथ महिला मण्डलकी अध्यक्ष श्रीमती रश्मि जैन एवं पूर्ण महिला मण्डलको नेतृत्वमा २४ अगष्ट र १ सेप्टेम्बर २०१८ को दिन नेपाल मेडिसिटी अस्पतालमा स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गरिएको छ ।

 

तेरापंथ महिला मण्डलको अगुवाईमा मानव स्वास्थ्यलाई महत्व दिदै प्रत्येक नागरिकहरुले सबैभन्दा पहिले आफ्नो स्वास्थ्य प्रति ध्यान दिई सुखी र समृद्ध राष्ट्रको लागि काम गर्नुपर्ने उद्देश्यले महिला र पुरुषलगायतका महानुभावहरुलाई अभिप्रेरित गरि स्वास्थ्य परीक्षणको कार्यक्रमको आयोजना गरिएको छ ।

विश्वस्तरीय स्वास्थ्य उपचारबाट सबै नागरिकहरुले लाभ पाउन र स्वास्थ्य सबै नागरिकहरुको पहुँचमा होस् भन्ने हेतुले समाजसेवी एवं प्रसिद्ध उद्योगपति डा. उपेन्द्र महतो तथा डा. समता प्रसादले उत्कृष्ट पूर्वाधार एवम् प्रविधियुक्त नेपाल मेडिसिटी अस्पतालको स्थापना गर्नुभएको हो ।

स्वास्थ्य सबै नागरिकहरुको पहुँचमा पुर्याउन यस अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमको माध्यमबाट गुणस्तरीय स्वास्थ्य सेवालाई सुलभ बनाई आम नागरिकहरुले पनि यसको सेवा लिन सक्ने ब्यवस्था गरेको छ ।

समाजसेवी एवं उद्योगपति डा. उपेन्द्र महतोको सपनालाई साकार बनाउन नेपाल मेडिसिटी अस्पतालले एचभखभलतष्यल ष्क दभततभच तजबल अगचभ को अभियानलाई एचभखभलतष्खभ ज्भबतिज को माध्यमबाट सार्थक रुपमा अगाडि बढाएको छ । साथै, अस्पतालमा वेलनेश विभागको स्थापना गरी सबै नागरिकलाई आफ्नो स्वास्थ्यप्रति सजग रहन अभिपे्ररित गरेको छ ।

तेरापन्थ महिला मण्डलहरुको अहिंसा, सदाचार, नैतिकता र नशामुक्तिको अभियानप्रति ऐक्यबद्धता जनाउँदै नेपाल मेडिसिटी अस्पतालले तेरापन्थी महिलाहरुको पहलमा हुने स्वास्थ्य परीक्षण कार्यक्रमलाई निरन्तर रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । आजको स्वास्थ्य परीक्षण कार्यक्रममा करिब १०१ जनाले स्वास्थ्य परीक्षणको लाभ लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्