Logo

प्रधानमन्त्री ओलीद्वारा नेपाली महावाणिज्य दूतावास निरीक्षण



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अमेरिकाका लागि नेपाली महावाणिज्य दूतावासको निरीक्षण गरेका छन ।उनलाई कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराई तथा दूतावासका अन्य कर्मचारीले दूतावासका कामकारवाहीका विषयमा जानकारी गराएको बताईएको छ।

उक्त अवसरमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले कर्मचारीले राखेका समस्या तथा कठिनाइ समाधान गर्न पहल हुने जानकारी दिएको बताईएको छ ।दूतावासले आज प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गरेको थियो ।

प्रधानमन्त्री ओलीका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी रहेको जनाईएको छ। उक्त अवसरमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी रहेकोपनि जानकारी गराईएको छ । ।



प्रतिक्रिया दिनुहोस्

Screenshot