Logo

सेभ द चिल्ड्रेन र नेपाल मेडिसिटी अस्पतालबीच सेवा आदान–प्रदानको सम्झौता



काठमाडौं, २३ असोज । सेभ द चिल्ड्रेन र नेपाल मेडिसिटी अस्पतालबीच सेवा आदान–प्रदानको सम्झौता भएको छ । ललितपुरको भैंसेपाटीमा अवस्थित नेपाल मेडिसिटीमा सोमबार उक्त विशेष सम्झौता भएको छ ।

सेभ द चिल्ड्रेनकी डेपुटी कन्ट्री डाइरेक्टर बन्दना रिजाल र नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने भएको हो ।

बालबालिकाले नै देशको भविष्य निर्माणमा मुख्य भूमिका खेल्ने भएकाले सो क्षेत्रमा कार्य गर्र्दै आएको सेभ द चिल्ड्रेनका कर्मचारीका लागि स्वास्थ्य सेवा प्रदान गर्न पाएकोमा अस्पतालका महाप्रबन्धक विजय रिमालले खुशी व्यक्त गरे ।

समाजिक सेवा गर्र्दै आएको सेभ द चिल्ड्रेन नेपालका अभियानमा साथ दिन पनि अस्पताल तयार रहेको रिमालले विश्वास दिलाए ।

ललितपुरमा रहेको नैपालकै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने सुविधा सम्पन्न अस्पतालले देशैभरका विभिन्न अवस्थामा रहेका बालबालिकासम्म उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेकोमा यस सम्झौताले विशेष भूमिका खेल्ने विश्वास सेभ द चिल्ड्रेनका मदन ज्ञवालीले जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस्