Logo

दशैँ सन्दर्भ : कस्तो मासु खाने, कस्ता विरामीले के गर्ने ?



असोज २६, काठमाण्डौ । दसैंमा सबैको भान्छामा मिठा मिठा परिकार पाक्छन । ती परिकार मध्ये प्रमुख मानिन्छ मासु । चाडपर्वको बेला मानिसहरुले बढी मात्रामा मासु खाने भएकाले निरोगी मानिस समेत रोगी हुने खतरा हुन्छ ।

दीर्घ रोग लागेकाले झन मासु लगायतका खानपिनमा ध्यान दिनुपर्ने हुन्छ ।

चिकित्सक अनुसार खानपिनमा सामान्य ध्यान नदिँदा दसैंको समयमा उच्च रक्तचाप, मुटरोग, मधुमेह र पेटजन्य समस्याबाट पीडित हुनुपर्ने खतरा देखिन्छ । मासु दुइ प्रकारका हुन्छन । रातो मासु र सेतो मासु रातो मासु भन्नााले चौपायको मासुलाइ बुझ्ने गरिन्छ । र सेतो मासु भन्नाले कुखुरा, माछा, खरायो आदिको मासुलाइ भनिन्छ । रातो र सेतो मासमाु भिटामिन, प्रोटिन र मिनरल्सको प्रमुख स्रोत हो । यी तत्व हाम्रो शरीरको निकै महत्व हुन्छ ।

खानाबाट पनि यी तत्व पाइन्छ ,तर महत्त्वपूर्ण माध्यम भनेको मासु हुनेगरेको छ । यस्ता तत्व रातो मासुमा धेरै पाइन्छ भने सेतो मासुमा कम हुन्छ । मायोग्लोबिन भन्ने तत्व सेतो मासुमा भन्दा रातोमा बढी हुन्छ । चिल्लोको मात्रा रातो मासुमा अत्यधिक हुने भएकोले रातो मासु भन्दा सेतो मासु खान उपयुतm हुने चिकित्सकको भनाई छ ।

मुटुरोग, मधुमेह तथा क्यान्सरका बिरामीले एक छाकमा तीनचार टुक्रा मात्र मासु खानु, कोक, फेन्टाजस्ता पेय पदार्थलाई भन्दा पानीलाई प्राथमिकता दिनु, हरियो तरकारीलाई खानामा समावेश गर्नु, सागसब्जी र रेशादार खानेकुरालाई प्राथमिकता दिनु र मासुको मात्र भर नपर्नु उपयुक्त हुन्छ ।

सन्तुलित भोजनमा मासुको प्रयोग अनिवार्य नै मानिन्छ । स्वस्थ व्यक्तिले हप्ताको एकदेखि दुई छाक भोजनमा मासु समाबेश गर्नु उपयुक्त हुन्छ । स्वस्थ व्यक्तिले दिनभरमा १०० देखि १५० ग्राम सम्म मासु खान उपयुक्त हुन्छ ।

चिकित्सकका अनुसार रातो मासुले रगत बढाउन महत्त्वपूर्ण भूमिका खेल्छ । तर, अत्याधिक मात्रामा रातो मासु खानेलाई क्यान्सर निम्तिने खतरा हुने गरेको छ । रातो मासुले मुटुसम्बन्धी रोग मधुमेह,थाइराइड दम मिर्गाैला सम्बन्धि रोगहुने व्यतिmले प्रयोग गर्दा अभैm खतरा हुने गर्दछ ।

त्यसैले त चाडवाड लगत्तै मासुजन्य रोग लाग्नेहरुको संख्या पनि अधिक हुने गर्दछ । यसैले प्रोटिनले भरिपूर्ण पौष्टिक आहार मासु खादा सचेतता अपनाउदा राम्रो हुन्छ ।



प्रतिक्रिया दिनुहोस्