Logo

सुदूरपश्चिममा स्क्रब टाइफसको संक्रमण बढ्दै, दुई जनाको मृत्यु



डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा स्क्रव टाईफस रोगको संक्रमण बढ्दै गएको छ । उपक्षेत्रिय अस्पतालमा उपचार हुन नसकेपछि एक महिनाको अवधीमा दुई जनाको मृत्यु समेत भएको छ । संक्रमण बढ्दै गएपनि स्वास्थ्य संस्थाहरुले रोकथामका लागी कुनै पहल थालेका छैनन ।

पहिलो पटक डडेल्धुराको अजयमेरुमा देखा परेको स्क्रव टाईफस पछिल्ला दिनहरुमा अन्य पहाडी जिल्लामा पनि देखा पर्दै गएको छ । सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा ४१ दिनको अवधीमा १३० जनालाई जाँच्दा ५० जनामा स्क्रव टाईफस रोगको संक्रमण देखा परेको उपक्षेत्रीय अस्पताल डडेल्धुराको तथ्यांक रहेको छ । उपचारको लागी जाँच गर्न अस्पतालमा किटको सहजता भएको अस्पतालले जनाएको छ ।

डडेल्धुरामा स्क्रव टाईफस रोगबाट एक जनाको मृत्यु भएको महिना दिन पछि स्क्रव टाईफस रोगकै कारण डडेल्धुरा अजयमेरु गाँउपालीकाका एक जना र बैतडीका एक स्थानीयको समेत मृत्यु भएको छ । स्क्रव टाईफसका विरामीले यो रोगको बारेमा जानकारी नभएको बताएका छन । स्क्रव टाईफस रोग लागेमा ज्वरो आउने, मांसपेसी दुख्ने, अत्याधिक टाउको दुख्ने, खोकी लाग्ने जस्ता लक्षण देखा पछी अस्पताल आएको विरामीको भनाई रहेको छ ।

यसको संक्रमण बढ्दै जान थाले पछि अजयमेरु, नवदुर्गा गाउँपालिका, अमरगढी नगरपालिकासँगै बैतडी र बझाङ जिल्लामा पनि देखा पर्दा उपचारका लागि विरामी उपक्षेत्रिय अस्पताल डडेल्धुरा पुगेको अस्पतालले जनाएको छ । सुदुरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी र बझाङमा स्क्रव टाईफस रोगको संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

स्क्रव टाईफस रोग मुसाबाट माईट जिवाणुले मानिसमा सार्ने गरेको स्वास्यकर्मील बताएका छन । गत असोज ३ गते डडेल्धुराको अजयमेरु गाउँपालिका ४ भुल्कुडामा पहिलो पटक स्क्रव टाईफस रोग देखा परेको थियो । अहिले यो संक्रमण फैलदै जाँदा नवदुर्गा गाउँपालिकासँगै अमरगढी नगरपालिकामा पनि देखा परको उपक्षेत्रीय अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्