Logo

नेकपा स्थायी समिति बैठक : ओलीमाथि यसरी जाईलागे बामदेव



काठमाडौं, २ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा आज १० जना सदस्यहरुले आ–आफ्नो धारणा राखेका छन् । बैठकको सुरुवातमै सदस्य बामदेव गौतमले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गरे ।

स्रोतका अनुसार नेता गौतमले ओलीले अब अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छोड्नुपर्ने धारणा राखेका थिए । उनले ओलीकै कारण अहिले पार्टी कमजोर बनेको पनि आरोप लगाएका थिए । गौतमले सरकार पनि सही ढंगले सञ्चालन हुन नसकेको भन्दै ओलीको तिव्र आलोचना गरे ।

आजको बैठकमा नेताहरु हरिबोल गजुरेल, घनश्याम भुषााललगायत नेताहरुले बोलेका थिए । आज बोल्ने अधिकांश सदस्यहरुले ओलीको आलोचना गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot