Logo

‘मौलिक संस्कृतिलाई पर्यटकीय आकर्षणका रुपमा विकास गर्नुपर्छ’



काठमाडौँ, ७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मौलिक संस्कृतिलाई पर्यटक आकर्षण गर्ने पर्वका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

किराँत धर्मावलम्बीको चाड उधौली तथा चासोक तङनामका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन ।

नेपाली संस्कृतिलाई जीवन्त बनाउने विभिन्न समुदायका चाडपर्व पर्यटकीय आकर्षणका केन्द्र हुनसक्ने प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन। “विभिन्न जातीय समुदायका चाडपर्वमा प्रयोग हुेन बाजागाजा, नृत्य तथा अन्य गतिविधि स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्ने सशक्त माध्यम बन्न सक्छन्”, प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विभिन्न जातीय समुदायले मनाउने चाडपर्वले आपसी सद्भाव र सहिष्णुताको भावना विकास गरेको उल्लेख गरेका छन। “हाम्रो जातीय, भाषिक र धार्मिक विविधतानै नेपालीलाई एक सूत्रमा बाँध्ने माध्यम भएका छन्”, प्रधानमन्त्रीले शुभकामनामा उल्लेख गरेका छन।

मङ्सिरे पूर्णिमाको दिन खास गरी किराँत राई र सुनुवार जातिले मनाउने उधौली पर्व र लिम्बू जातिले मनाउने चासोक तङनामलाई सरकारले किराँत चाडको रुपमा मान्यता दिएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन।

पाकेको अन्नको न्वागी खाने दिनका रुपमा किराँतीले मनाउने यस पर्वका अवसरमा प्रधानमन्त्री ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत जातिमा सुस्वास्थ्य र दीर्घायूको शुभकामना व्यक्त गरेका छन।



प्रतिक्रिया दिनुहोस्

Screenshot