Logo

प्रधानमन्त्रीको स्वीट्जरल्याण्ड भ्रमण फलदायी हुन्छ: सल्लाहकार डा. भट्टराई



काठमाडौँ, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी आईतबारबाट हुने ६ दिने स्वीट्जरल्याण्ड भ्रमण फलदायी हुने प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले दाबी गरेका छन् । प्रधानमन्त्री ओलीको भ्रमणको पूर्व सन्ध्यामा शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. भट्टराईले प्रधानमन्त्रीको माघ ६ देखि १२ सम्म हुने उक्त भ्रमण र स्वीट्जरल्याण्डको डाबसमा हुन लागेको ‘वल्र्ड इकोनोमी फोरम’ नेपालमा लगानीको वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्रीले यो फोरममार्फत नेपालको आफ्नो आर्थिक पोलिसीपनि सेयर गर्ने जनाए । उनले भने,‘नेपालमा अहिले राजनीतिक स्थायित्व भएको छ । अब आर्थिक विकास र समृद्धिलाई बढावा दिईरहेका छौं भनेर उहाँले आफ्नो धारणा राख्नुहुनेछ ।’मुलुकमा संविधान निर्माण भई स्थिर सरकार बनेको बताउँदै मुलुकले लिएको आर्थिक विकासको लक्ष्यलाई पुरा गर्न सम्मेलनले ठूलो सहयोग पुग्ने उनको भनाई छ । “मुलुकले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पुरा गर्न सम्मेलनले थोरै भएपनि सहयोग पु¥याउनेछ,”–उनले भने ।

विश्वका धेरै मुलुकका सरकार तथा राष्ट्रप्रमुख सहभागी हुने उक्त सम्मेलनमा आफ्नो देशको विकासका लागि हरेक देशले गरेका काम र आगामी दिनमा गर्ने कामका बारेमा सम्मेलनमा छलफल हुने भएकाले मुलुकको विकासका लागि सम्मेलन फलदायी हुने भट्टराईले बताए । उनले भने,‘नेपालमा लगानी तथा व्यापार गर्नको लागि प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समूदायलाई आकर्षित गर्नुहुन्छ ।’नेपाल लगानीको लागि अनुकुल छ भनेर प्रधानमन्त्रीले आफ्नो धारणा राख्ने बताउँदै उनले भने,‘नेपालमा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न यो फोरम उपयुक्त फोरम हो ।’

प्रधानमन्त्रीले भ्रमणका बेलामा विभिन्न सभा तथा विभिन्न देशका सरकारप्रमुख, राष्ट्रप्रमुख र व्यवसायीहरुसँग भेटघाट हुने कार्यक्रम समेत रहेकाले विश्वको आर्थिक विकासका बारेमा धेरै ज्ञानसमेत हुने उनको भनाई छ । उनका अनुसार प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा तीन वटा महत्वपूर्ण प्यानलमा प्रमुक्त वक्ताको रुपमा बोल्ने कार्यक्रम तय भएको छ । उनले भने,‘हाम्रो प्रधानमन्त्रीले स्टा«टेजी आउटलुक अन साउथ एशियामा पनि बोल्नुहुन्छ । अर्को, सेपिङ द फ्युचर अफ डेमोक्रेसी भन्ने प्यानलमा पनि भाग लिनुहुनेछ । त्यस्तै, उहाँले जि–२० का केही हेड अफ द स्टेट र प्रभावशाली नेताहरु सम्मिलित हुने प्यानलमा पनि वक्ताको रुपमा सहभागी जनाउनुहुनेछ ।’

यसका अलावा प्रधानमन्त्रीले भियतनामका प्रधानमन्त्री र ईजरायलका प्रधानमन्त्रीसँगपनि साईडलाईन भेटवार्ता गर्ने कार्यक्रम रहेको भट्टराईले सुनाए । उनले भने,‘उहाँहरुबाट भेटवार्ताको लागि अनुरोध आएको छ। भ्रमण तय भए नभएको मलाई ठ्याक्कै थाहा छैन । तर, आग्रह गरेको छु ।’“सम्मेलनमा विदेशी मुलुकको ज्ञान, प्रविधि र पुँजी भित्र्याउनका लागि नेपालले प्रयोग गर्नुपर्छ,”–उनले भने । उनले प्रधानमन्त्रीको भ्रमण समग्र रुपमा फाईदाजनक हुने विश्वास दिलाए । उनले भने,‘ज्ञान, प्रविधि र पुँजी भित्र्याउनको लागि यो भ्रमण फलदायी हुनेछ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot