Logo

प्रचण्ड–सीताको विवाहमा कसले के भने ? भिडियोसहित



वैशाख २७, काठमाण्डौ । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सिता दाहालसँग पुनः विवाह गरेको विषयले निकै चर्चा पाएको छ ।

सामाजिक संजालमा सम्मान र सद्भाव देखाउनेहरुको जमात धेरै देखिएको छ ।

प्रचण्ड र सीताबीच ५० औँ वर्षगाँठका अवसरमा पुनः विवाह भएको हो । प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको हो ।

पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आएको छ । यस पुनः विवाहले सिता दाहालको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ ।

विवाह समारोहमा प्रधानमन्त्री ओलीबाहेक उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, नेकपाका सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोख्रेल, रामबहादुर थापा, महासचिव विष्णु पौडेल, समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, स्थायी कमिटीका अधिकांश नेताहरु, केन्द्रीय समितिका सदस्यहरु, पार्टी कार्यकर्ता र प्रचण्डका नातेदार लगायतको सहभागिता रहेको थियो ।

सहभागिसँग ऋषि धमलाले प्रचण्ड र सिताको वैवाहिक जीवन, जनयुद्धदेखि अहिलेसम्मको सम्बन्ध र उतारचढाबका बारेमा सहकर्मीहरुसँग कुराकानी गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्का लागि गरिएको कुराकानीको भिडियो यहाँ प्रस्तुत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्