Logo

द सुपर मममा पराजित हुनेले लगाएका सबै आरोप झुट हुन् : पुजना प्रधान(भिडियोसहित)



वैशाख १०, काठमाण्डौ । बेला–बेलामा विभिन्न अभिव्यक्ती दिएर विवादमा तानिँदै आएकी अभिनेत्री पूजना प्रधान (स्त्री)लाई अहिले सुन्दरी प्रतियोगीताको ताज बेचेको आरोप लागेको छ । ’द सुपर मम’ प्रतियोगीतामा रकम लिएर थाइल्याण्डमा बस्दै आएकी एमी कर्माचार्यलाई विजयी बनाएको भन्दै अधिकांस सहभागी प्रतिस्पर्धीहरुले विरोध जनाएका छन् ।

अभिनेत्री प्रधानले २९ बैशाखमा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा ‘द सुपर मम’ नामक सुन्दरी प्रतियोगीता आयोजना गरेकी थिइन् । पुजनाको आफ्नै केट इन्टरटेनमेन्टले आयोजना गरेको उक्त प्रतियोगीतामा आमा बनिसकेका महिलाको उल्लेख्य सहभागीता थियो ।

तर प्रधानले भने आरोपको खण्डन गरेकी छिन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै प्रधानले आफूमाथि लागेको आरोप षडयन्त्रका लागि मात्रै भएको दावी गरिन् ।
प्रधानसँगको कुराकानीको भिडियो यहाँ प्रस्तुत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot