Logo

विश्व वातावरण दिवस : प्रधानमन्त्रीले सिंहदरबारमा रोपे एभोकाडो



प्रधानमन्त्री केपी शर्मा ओलीले एभोकाडोको विरुवा रोपेर फलफूलको विरुवा रोपण अभियानको सुरुवात गरेका छन् । विश्व वातावरण दिवसको सन्र्दभमा बुधबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोग कार्यालय परिसरमा एभोकाडोको विरुवा रोपेर प्रधानमन्त्री ओलीले ‘एक नेपाली एक फलफूलका विरुवा रोपण अभियानको निरनतरता कार्यक्रम’को औपचारिक उद्घाटन गरेका हुन् ।

‘एक नेपाली एक फलफूलका विरुवा रोपण अभियानको निरनतरता कार्यक्रम’को उद्घाटन समारोहमा सरकारका मन्त्रीहरु, उच्च पदस्थ कर्मचारी, सरकारका सबै निकायका पदाधिकारी लगायतको उपस्थिति थियो ।

प्रधानमन्त्रीको अलावा गृहमन्त्री राम बहादुर थापा , भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, खानेपानी मन्त्री विना मगर, उद्योगमन्त्री मात्रृका यादवलगायतले पनि फुलफुलका विरुवा रोपेका थिए ।

सरकारले आगामी बर्षलाई वृक्षरोपण बर्षको रुपमा मनाउने घोषणा गरेको छ । त्यसैगरी कृषि वनको विस्तार गर्न सरकारी नर्सरीमा न्यूनतम ३० प्रतिशत फलफूलको उत्पादन गर्ने, सदुपयोगको सिद्धान्त बमोजिम खाली र बाँझो जमिनमा फलफूलका विरुवा रोप्ने नीति कार्यान्वयन गर्ने सिलसिलामा बुधबार फलफूलका विरुवा रोपनलाई निरन्तरता दिने कार्यक्रमको शुभारम्भ गरिएको हो ।

तस्विर : मुकुन्द काकिलोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्