Logo

तिर्न नसकिने ऋण स्वीकार नगरिने ओलीको दाबी



युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ ऋणमा नेपालमा बनिरहेको पूर्वाधार निर्माणबारे चासो व्यक्त भएको छ । दक्षिण एशिया र अफ्रिकाका केही मुलुकहरुमा चिनियाँ ऋण लगानीमा बनेका आयोजनाका कारण सम्बन्धित देशले आर्थिक संकट भोगिरहेको विषय उठिरहँदा ओलीको भ्रमणमा युरोपमा त्यसबारे चासो व्यक्त भएको हो ।

मङ्गलबार साँझ बीबीसीले प्रधानमन्त्री ओलीसँग चिनियाँ ऋण लगानीमा बनिरहेका आयोजना नेपालले थेग्न सक्ने नसक्नेबारेको प्रश्नमा ओलीले नेपालले त्यसको व्यवस्थापन गर्न सक्ने बताए । ओलीले भने— हामीले अरुको अनुभवबाट सिकेका छौं, हाम्रो मामलामा हामीले व्यवस्थापन गर्न सक्ने देखेर मात्र ऋण लिएका छौं ।

नेपालले आवश्यकता र प्राथमिकता हेरेर मात्र ऋण स्वीकार गर्ने बताए । तिर्न नसकिने ऋण स्वीकार नगरिने स्पष्ट पारे । त्यसको हिसाबकिताब गरेर मात्र लिने बताए । विदेशी लगानीलाई सरकारले स्वागत गर्ने ओलीको भनाई थियो ।

देशभित्र दुईवटा एयरपोर्ट चीनको ऋण सहयोगमा चिनियाँ कम्पनिले बनाइरहेका छन् । पूर्वाधार निर्माणमा चिनियाँ कम्पनिहरु आइरहँदा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत यसले चासो पाएको हो । विशेषगरी युरोपेली मुलुकहरुले चीनको सँसारभर बढ्दो आर्थिक प्रभावलाई गम्भीरताका साथ लिइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्