Logo

करिश्मा र शान्तालाई शिक्षाविद्हरुले किन दिए यस्तो चेतावनी ? (भिडियोसहित)



असार १३, काठमाण्डौ । विहिबार एसइइको नतिजा सार्वजनिक भएसँग विभिन्न खाले टिका टिप्पणी भइरहेका छन् । नतिजा कमजोर भएकोदेखि सामुदायिक विद्यालयका विद्याथीको अवस्थाबारे चर्चा भइरहेको छ ।

शिक्षा क्षेत्रमा सरकारले गरेको लगानी बालुवामा पानी जस्तै भएकोसमेत कतिपयले बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलाले एसइइको नतिजाबारे सरोकारवालासँग छलफल गरेका छन् ।

कार्यक्रममा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला, उच्च माध्यमिक विद्यालय संघका अध्यक्ष रमेश सिलवाल र राष्ट्रिय परीक्षा बोर्डअन्तरगतको परीक्षा नियन्त्रण कार्यालयका प्रमुख विष्णु अधिकारी सहभागि थिए ।

कुराकानीका क्रममा राइटर बाजेहरुले एसएलसी पास गर्दा समाचार नबनाउने तर करिश्मा मानन्धरले एसइइ पास गर्दा धेरै महत्व दिइएकोमा सिलवालले असन्तुष्टी व्यक्त गरे ।

प्रमुखले भने सेलिब्रेटिहरुले एसइइ उत्र्तिण गर्नु सकारात्मक पक्ष भएको प्रतिक्रिया दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्