एक व्यक्तिले पूर्व प्रेमिकाको हत्या गरीे सुटकेशमा कोचेर कारमा राखिदिए । हत्यापछि आफ्नो कारलाई द्रुत गतिमा चलाएर दुर्घटना गराएर आत्महत्या गरे । घटना मार्चको पहिलो हप्तामा अष्ट्रेलियाको सिड्नीमा भएको थियो ।
घटनामा ३२ वर्षीया दन्त चिकित्सक प्रिती रेड्डीको शव सुटकेशमा फेला परेको थियो । भारतीय मूलकी उनीमाथि धेरै ठाउँमा छुरा प्रहार भएको भेटिएको छ । घटनामा उनकै पूर्व प्रेमी हर्ष नरडे संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लाग्यो । हर्ष पनि चिकित्सक हुन् । दुवै कुनै समय प्रेममा थिए
घर नफर्किएपछि उनको खोजी गर्न परिवारले प्रहरीमा उजूरी गरेको थियो । पार्किङ गरेको उनको कारमा शव सुटकेशमा फेला परेको थियो ।
हरिशले कार दुर्घटनामा आफैलाई पनि सक्याए । राजमार्गमा कार दुर्घटना गराए । हरिस प्रितीको प्रेममा पागल जस्तै थिए । उनी प्रतीलाई छाड्नै नसक्ने भए । प्रेमपागल बनेर पूर्व प्रमिकाको हत्या गरे । Photo: SBS