कलेज पढ्ने केटीलाई पाँच जना युवकले पाँच जना युवकले बलात्कार गर्छन् । उनीहरुले बलात्कारको दृश्य खिचेका हुन्छन् ।
कलिली उमेरकी युवतीलाई बलात्कार गर्ने युवकले खिचेको भिडियो साथीहरुसँग शेयर गर्ने क्रममा चुहिन्छ । सामाजिक सञ्जाल ह्वाट्सएपबाट चुहिएको भिडियो मङ्गलबारबाट भाइरल भएको छ ।
भारतको कर्नाटक राज्यमा पाँच महिना अघि घटेको घटना अहिले बाहिर आएको हो । घटनाबारे युवतीले कतै उजूरी गरेकी थिइन् ।
लोकलाजको डरले कसैलाई नभनेकी उनको भिडियो भाइरल भएपछि भारतको प्रहरी गम्भीर भएको खबर इन्डिन एक्सप्रेसमा आएको छ ।
कर्नाटक राज्यको दक्षिण कन्नड प्रहरी स्टेशनले तत्काल भिडियो शेयर नगर्न र सुरक्षित नगर्न सूचना जारी गरेको छ । प्रहरीले घटनामा संलग्न पाँच युवकलाई पक्राउ गरेको छ । उनीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।