Logo

बैँकले दैनिक ४ अर्व दिन सक्छ, आउनु लिएर जानुस् : अध्यक्ष ढुंगाना (भिडियोसहित)



साउन १, काठमाण्डौ । नेपाल बैँकर्स एसोसियसनका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले मर्जर गरेर वाणिज्य बैँक १५ वटासम्म बनाउन सकिने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै ढुंगानाले अहिले २८ वटा रहेका वाणिज्य बैँक घटाउन जरुरी रहेको बताएका हुन् ।

अहिले बैँकमा पैसाको अभाव नरहेको उनको दावी छ । बैँकिङ तरलता नभएको भन्दै दैनिक ४ अर्व रुपैयाँ बैँकले दिन सक्ने अवस्था रहेको ढुंगानाले बताए । अहिलेको अर्थमन्त्री डा. युवराज खतिवडा र राष्ट्रबैँकका गभर्नर डा. चिरन्जिवी नेपाल दुवै सफल भएको ढुंगानाको तर्क छ ।

प्रधानमन्त्री केपी ओलीको कार्यशैली पनि सन्तोषजनक रहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्