Logo

भूकम्पको लगातार दुई झड्काले छ जनाको मृत्यु



एजेन्सी । फिलिपिन्समा भूकम्पको लगातार दुई झड्काले छ जनाको मृत्यु हुनाको साथै दर्जनौं घाइते भएका छन् । ११ साउनको विहानै फिलिपिन्सको बाटानिज प्रान्तमा ५.४ र ५.९ म्याग्निट्युडको भूकम्प गएको थियो ।

विहान भूकम्प जाँदा धैरैजसो मानिसहरु घरभित्रै थिए । घरभित्र रहेकाले पनि मानिसहरुको हताहती भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

टापु राष्ट्र भएकाले सुनामीको हल्ला चलेको छ । तर, सुनामीको कुनै खतराबारे सूचना जारी गरिएको छैन ।
फिलिपिन्स भूकम्पको खतरा क्षेत्रमा रहेको देश हो । Photo: vietnam+



प्रतिक्रिया दिनुहोस्