Logo

बहराइनमा तीन जनालाई फाँसी



एजेन्सी । बहराइनमा तीन जनालाई फाँसी दिइएको छ । ११ साउनको विहान तीन जनालाई फाँसी दिइएको बहराइनको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

बहराइनको उच्च फौजदारी अदालतले आतंकवाद, हत्या र हातहतियार मुद्दामा दोषी ठह¥याइएकाहरु फाँसी पाउनेमा पर्दछन् । जसमध्ये २५ वर्षीय अली अल अरब र २४ वर्षीय अहम अल मलाली आतंकवादको मुद्दामा दोषी ठहरिएका हुन् । उनीहरुमध्ये अली सन् २०१७ र मलाली २०१८ मा पक्राउ परेका थिए । अल मलाली पक्राउ पर्दा गोली हानिएको थियो । उनको हातमा लागेको दुई गोली २३ दिनपछि निकालिएको थियो । अल अरब एक महिनासम्म वेपत्ता पारिएका थिए ।

यसैगरी, फाँसी पाउने अर्का व्यक्ति हत्याको मुद्दामा दोषी ठहरिएका हुन् । फाँसीको सजाय रोक्न मानवअधिकारवादी संघसंस्था लागेपनि बहराइन सरकार गलेन । उनीहरुले बहराइन सरकारको विरोध गरेका छन् ।

बहराइनमा आतंकवादी गतिविधिमा फाँसी पाएका तीनजना बाहेक ५८ जना दोषी ठहरिएका छन् । जसमध्ये १९ जनालाई फाँसीको सजाय सुनाइएको छ । Photo: ECDHR



प्रतिक्रिया दिनुहोस्