Logo

गाउँले उल्टेर बाघ मारे (भिडियोसहित)



गाउँलेको भागदौड मच्चिन्छ । हात हातमा लठ्ठी बोकेर दौडिएका हुन्छन् । उनीहरुले बाघलाई घेरेर लठ्ठी प्रहार गर्न थाल्छन् । लाठीको वर्षा हुन्छ । धेरैको कुटाइपछि बाघ मारिन्छ ।

यो घटना भारतको उत्तर प्रदेशस्थित पिलिभित बाघ संरक्षण क्षेत्र नजिकको हो । जहाँ बाघलाई गाउँले उल्टेर मारेका छन् । स्थानीय एक व्यक्तिलाई बाघले आक्रमण गरेको भन्दै गाउँले मिलेर बाघ मारेका हुन् ।

बाघ मार्नेहरुलाई त्यहाँको वन कार्यालयले कारबाही चलाएको छ । केही व्यक्ति पक्राउ परेका छन् । भारतमा राष्ट्रिय निकुञ्ज वरपरका जनताको वन कार्यालयसँग विवाद परिरहने गरेको छ । कतिपय स्थानमा रुख समेत रोप्न दिइदैन ।

अहिले विश्वभर बाघको संख्या घट्दो छ । सँसारभर मात्र चार हजार बाघ रहेको अनुमान छ । बाघ लोपोन्मुख जनावरमा पर्दछ । Photo: Agency



प्रतिक्रिया दिनुहोस्