Logo

बन्दुकको लाइसेन्स लिन दशवटा विरुवा रोप्नैपर्ने



एजेन्सी । बन्दुकको लाइसेन्स लिन दशवटा रुखका विरुवा रोप्नैपर्ने । विरुवा रोपेपछि सेल्फी खिचेर देखाउनुपर्ने । प्रक्रियामा जानुअघि सेल्फी खिचेको तस्वीर राखेपछि मात्र फाइल अगाडि बढ्ने ।

यो नियम छिमेकी भारतको पञ्जाब प्रान्तको फिरोजपुर जिल्लामा लागू गरिएको छ । जिल्लाका कमिष्नर चन्देर गैन्डले यो नियम बनाएपछि बन्दुको लाइसेन्स लिन आउनेहरु दशवटा विरुवा रोपेको सेल्फी लिएर आउँछन् । जसले विरुवा रोपेको सेल्फी ल्याउँदैन उसको फाइल अगाडि बढ्दैन ।

पञ्जालको फिरोजपुरमा हरियाली बढाउने उपाय निकाल्न कमिष्नरले यो नियम लागू गराएका हुन् । नयाँ नियम लागू गराएपछि २३ वटा बन्दुकको लाइसेन्सको निवेदन परेको जनाइएको छ । यसको मतलब २३० वटा विरुवा रोपिएका छन् ।

भारतको मध्य प्रदेशलगायतका प्रान्तमा पनि यस्तै नियम लागू गरिएको छ । हरियाली बढाउन यस्तो नियम लागू गरिएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्