Logo

न्यूयोर्कमा गोली चल्दा एकको मृत्यु, ११ घाइते



न्यूयोर्क शहरको ब्रुकलिन सडकखण्ड नजिकै खुला तथा सार्वजनिकस्थलमा भएको एक कार्यक्रममा ११ साउनमा गोली चल्दा कम्तीमा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

घटनामा एक ३८ बर्षीय एक युवक गम्भीर घाइते भएका र उपचारका लागि अस्पतालमा पु¥याएपछि विरामीको मृत्यु भएको बताइएको छ ।

“स्थानीय समय अनुसार राति ११ बजे एक पार्कमा भएको कार्यक्रममा गोली चल्दा एकको मृत्यु भएको र ११ जना घाइते भएका छन्,” न्यूयोर्क प्रहरी विभागले उल्लेख गरेको छ ।

अन्य केही पनि गाली लागी घाइते भएकाले उनीहरूको उपचार भइराखेको बताइएको छ । घाइतेमध्ये केही जना गम्भीररूपमा चोटग्रस्त भएकाले मृतकको सङ्ख्या बढ्नसक्ने बताइएको छ ।

प्रहरीले घटनामा सम्लग्न भएको आरोपमा अहिलेसम्म कसैलाई पक्राउ नगरेको विभागले बताएको छ ।

न्यूयोर्कका मेयर बिल डे ब्लासियोले आइतबार सञ्चारकर्मीसँग भन्नुभयो, “आक्रमणले शान्त छिमेकीको कार्यक्रमलाई प्रभावित बनाएको छ । हामीले यस समुदायलाई सुरक्षित राख्न र भरमग्दुर प्रयास गर्नेछौँ । प्रशासनले यस सडकखण्ड क्षेत्रका हतियार ९बन्दूक० नियन्त्रणमा लिई अनुसन्धान अघि बढाउनेछ ।”



प्रतिक्रिया दिनुहोस्