Logo

मृत्युको शोकमा सहभागीमाथि बोका हरामको आक्रमण, ६५ को मृत्यु



एजेन्सी । आफन्तको शोकमा सहभागीमाथि अन्धाधुन्दा गोली चल्दा ६५ जनाको मृत्यु भएको छ । ११ साउनमा भएको घटनामा बोका हराम लडाकुले नाइजेरियाको उत्तरपूर्वी राज्य बोरनोमा अन्धाधुन्दा गोली चलाएका थिए ।

हतियारले सुसज्जितहरु मोटरसाइकल र भ्यानमा आएको प्रत्यक्षदर्शीहरुको भनाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अधिकांशको घटनास्थलमा मृत्यु भएको थियो । हतियारधारीलाई लखेट्न खोज्दा केहीमाथि गोली प्रहार भएको थियो ।

मारिएकाहरुको घरहरु जलेको र नातेदारले शव उठाइरहेको दृश्य समाचार एजेन्सीहरुले क्यामरामा कैद गरेका छन् । पछिल्लो समय नाइजेरियामा बोका हराम लडाकुको आक्रमण बढिरहेको छ ।

सशस्त्र समूह बोका हराममाथि नाइजेरियाको सुरक्षा निकायले कारबाही बढाएको छ । Photo: France24



प्रतिक्रिया दिनुहोस्