Logo

बसमा अवैध मदिरा दुई सय लिटर भेटिएपछि…



मोरङ । दुई सय लिटर अवैध मदिरासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैचा नगरपालिका-१० स्थितबाट लुकाई छिपाई ल्याएको अन्दाजी दुई सय लिटर अवैध घरेलु मदिरा सहित झापा मेची नगरपालिका-१३ बस्ने ४५ वर्षीय खेम नेपालीलाई १४ साउन प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी बिराटचोकबाट खटिएको प्रहरीले काकरभिट्टाबाट बिराटनगरतर्फ जाँदै गरेको मे.१ ख १९८९ नम्बरको बस जाँच गर्ने क्रममा बसमा लुकाई छिपाई ल्याएको उक्त मदिरा फेला पारी चालक नेपालीलाई पक्राउ गरेको हो ।

बरामद भएको मदिरा तथा चालक नेपालीलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । Photo: File



प्रतिक्रिया दिनुहोस्